" ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका "
" गाउँ-टोल घर-घरमा स्थानीय सरकार "
समाचार :
10/08/2080
गोरखा, १६ फागुन २०७६ । नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले बि स २०७३ साल पुष २२ गतेका दिन नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरी बि स २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरेको हो ।
नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चल अन्तर्गतका ८ जिल्लाहरु र हाल गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्व बोकेको जिल्ला हो ।
नेपालको पहाडी भू:भागमा अवस्थित गोरखा जिल्ला गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।
भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो ।
यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गाबिस मध्ये साबिक तान्द्राङ्ग गाबिसलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गाबिसलाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ । नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१।३५ वर्ग कि मि , जनसंख्या २२०३३ र वडा संख्या ८ रहेका छन् ।
वडा बिभाजन
क्र सं नयाँ वडा समाबेस गा बि स जनसंख्या क्षेत्रफल (वर्ग कि.मि. )
१ १ मसेल (१-९) ३८२७ १४.९
२ २ तान्द्राङ्ग (५-९) २०१९ ४.३४
३ ३ तान्द्राङ्ग (१-४) २१२२ ११.८
४ ४ धावा (१-९) ३५७० १६.१
५ ५ बगुवा (१-९) १९६५ ६.४
६ ६ अश्राङ्ग (१-९) ३४०६ १८.९
७ ७ बोर्लाङ्ग (१,४,८,९,) २१४८ ११.३
८ ८ बोर्लाङ्ग (२,३,५,७) २८९६ १७.६