" ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका "
" गाउँ-टोल घर-घरमा स्थानीय सरकार "

Login / Register

समाचार :

भिमसेनथापा गाउँपालिका एक परिचय शिविरबाट एकहजार भन्दाबढी लाभाव्दित

दुई अस्पताल स्वास्थ्य बिमामा सूचीकृत

06/01/2081

गोरखा — जिल्लाका दुई अस्पताल स्वास्थ्य बिमामा सुचिकृत भएका छन् । अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पताल र भिमसेन थापा गाउँपालिकाको शहिद स्मृति आधारभुत अस्पतालसँग बोर्डले आइतबार सेवा सम्झौता गरेको हो ।

आवश्यक प्रक्रिया पुरा गरेपछि दुई अस्पताललाई सूचीकृत गरीएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गोरखाका विशाल लौडारीले बताए ।

दुई पालिकाले पुर्वाधार सहितको संरचना निर्माण गरी आवश्यक प्रक्रिया पूरा गरेपछि पहिलो सेवा विन्दुको रुपमा सूचीकृत गरिएको उनले बताए । यसअघि जिल्लाका पाँच वटा स्वास्थ्य संस्था बिमामा आवद्ध बनिसकेका छन् । गोरखा अस्पताल, आँपपिपल अस्पताल, जौवारी, आरुचनौटे र मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत भइसकहेका छन् ।

दुई अस्पताल थपिएसँगै स्वास्थ्य बिमामा सूचीकृत हुने अस्पतालको संख्या ७ पुगेको छ । ‘सम्झौता भएका दुइ अस्पतालबाट सेवाका लागि बीमित नागरिकले पहिलो सेवा केन्द्रको रुपमा परिवर्तन गर्नुपर्छ, नवीकरण गर्ने बेला सेवा केन्द्र परिवर्तनपछि सेवा उपलब्ध हुन्छ,’ उनले भने ।अजिरकोटको भच्चेक आधारभुत अस्पतालबाट अजिरकोट सहित सिरानचोकका केही क्षेत्र र भीमसेन थापाको शहिद स्मृतिबाट भीमसेन थापा गाउँपालिकाका नागरीकले सेवा पाउने छन् । आइतबार सम्वन्धित स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्य बिमा वोर्ड सम्पर्क शाखा कार्यालय गोरखाबीच सम्झौता भएको छ ।स्वास्थ्य बिमा वोडका अध्यक्ष गुणराज लोहनी, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जरा र अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गोरखामा स्वास्थ्य बिमा गर्नेको संख्या एक लाख ६ हजार पुगिसकेको छ ।


दस्तावेज