" ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका "
" गाउँ-टोल घर-घरमा स्थानीय सरकार "

Login / Register

समाचार :

भिमसेनथापा गाउँपालिका एक परिचय शिविरबाट एकहजार भन्दाबढी लाभाव्दित

निशुल्क आँखा शिविर सम्पन्न

06/01/2081

गोरखाको भीमसेनथापा गाउँपालिकामा सञ्चालन गरिएको ७ दिने निःशुल्क आँखा जाँच शिविरबाट पालिका भित्रका एकहजार जना भन्दाबढी लाभाव्दित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिका भित्रका ८ वटै वडाका गरी एकहजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएका मध्ये मोतिविन्दुको पहिचान भएका शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको शल्यक्रिया शिविर सञ्चालन गरी निशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

‘‘पालिका भित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतिविन्दुको पहिचान भएका ७८ जनाको पनि शिविर स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया हो, अधिकृत अर्यालले भन्नुभयो, ‘‘शल्यक्रिया गराएकाहरुमा ३१ जना महिला र ४७ जना पुरुष रहेका छन् ।’’

शिविरमा सवै आँखा जाँच गराएका मध्ये नौसय १७ जनालाई आवश्यकताका आधारमा औषधी समेत वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । त्यस्तै ७८ जनालाई निशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय आँखाका रोगका बिरामीहरुको संख्या दिनानु दिन बढ्दै गएको पाइएकाले गाउँपालिकाले केही बर्षदेखि बिभिन्न संस्थाहरुसंगको समन्वय र सहकार्यमा सवै वडामा शिविर सञ्चालन गर्दै आएको छ ।

दस्तावेज