" ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका "
" गाउँ-टोल घर-घरमा स्थानीय सरकार "

Login / Register

समाचार :

भिमसेनथापा गाउँपालिका एक परिचय शिविरबाट एकहजार भन्दाबढी लाभाव्दित

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका बिच बैठक

07/08/2080

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका बिचको अन्तरपालिका संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । गोरखा नगरपालिकाको कार्यालयमा भएको अन्तरपालिका बैठक बिभिन्न ९ वटा निर्णय गर्दै सम्पन्न भएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

बैठकले गोरखा नगरपालिका सव स्टेशनबाट आहाले–फिनाम हुँदै जाने ३३ केभिए विद्युत प्रशारण लार्यन व्यवस्थित गरी ध्याम्पेसालमा सब स्टेशन शिग्र सञ्चालनमा ल्याउने पहल गर्ने निर्णय गरेको छ । त्यस्तै गोरखा नगरपालिका वडा नम्बर २ स्थित आहाले भञ्ज्याङ पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भन्ज्याङ्ग बैकल्पिक बाटो स्तरोन्नती गर्ने कार्य अघि बढाउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।

जग्गा बर्गिकरणका क्रममा गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको जिआईएस प्रविधि मार्फत साँध सिमाना अद्यावधिक गर्ने, सिखे–बाह्रविसे निवेल सडक ट्रयाक खोल्न दुई पालिका बीच आवश्यक सहकार्य गर्ने, दुई पालिकाको सिमानामा रहेको मसेलखोला ÷ निवेल तटबन्ध निर्माण गर्ने, ज्यादुलखोलामा मोटरेबल पुल निर्माण गर्न आवश्यक समन्वय गर्ने निर्णय समन्यात्मक बैठकले गरेको छ बैठकले गोरखा नगरपालिका– झिंगटे– अश्राङ– बोर्लाङ– आरुघाट सडक आयोजना, गोरखा नगरपालिका सिम्ले पँधेरा– पुतलीबजार – सिखे सडक आयोजना सम्पन्न गर्न आवश्यक समन्वय गर्ने सहमति पनि दुई पालिका बिच भएको छ ।

त्यस्तै भिमसेन थापा गाउँपालिकाले सञ्चालन गरेको सहिद स्मृती आधारभूत अस्पतालबाट विमा सेवा शुभारम्भ गर्न गोरखा नगरपालिका स्थित छेवेटार स्वास्थ्य चौकीमा रहेको एक्स रे मेसिन अर्को व्यवस्था नभएसम्म उक्त अस्पताललाई उपलब्ध गराउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ 

दस्तावेज